हालका दिनमा चीनसँगको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो : पुटिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हालका दिनमा चीनसँगको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो : पुटिन

एजेन्सी, १२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको बताएका छन् । रुस र चीनबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो सम्बन्ध भएको पुटिनको भनाइ छ ।

उनले चीनसँगको रुसको सम्बन्धलाई कुनैपनि नयाँ परिभाषा दिन आवश्यक नभएको टिप्पणी गरे । राष्ट्रपति पुटिनले पछिल्लो समयमा रुस–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको दाबीसमेत गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेसको बैठकपछि रुसको चीनसँग सम्बन्ध थप सुमधुर भएको पुटिनको भनाइ छ । पुटिनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू रहेको बताए ।

उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए । हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);