पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पुटिनले भने– रुसी सेनामाथि पूर्ण भरोसा छ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रुसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो भनाई आएको हो । रुस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।

यसैबीच अमेरिकालागायत पश्चिमा मुलुकहरुले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौ,’ रुसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भने ।

सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखन्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);