बाइडेनले पुटिनलाई भने,‘युक्रेनलाई कहिल्यै जित्न सक्दैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बाइडेनले पुटिनलाई भने,‘युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

एजेन्सी । युक्रेनको आकस्मिक भ्रमणपछि बाइडेन मंगलबार पोल्याण्ड पुगेका हुन् । पोल्याण्ड पुगेर बैठकलाई सम्बोधन गरे । युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा प्रतिक्रिया दिएका छन् ।

बाइडेनले मङ्गलबार पोल्याण्डमा अमेरिका र नाटो युक्रेनको साथमा रहेको र रहने बताए । उनले भने,‘रुसी सेनाले अत्याचार गरेको छ । महिला बलात्कारलाई हतियारको रूपमा प्रयोग गरियो। पुटिनले याद राखे कि उनले युक्रेनलाई कहिल्यै जित्न सक्ने छैनन्।’ युक्रेनको आकस्मिक भ्रमणपछि बाइडेन मंगलबार पोल्याण्ड पुगेका हुन् ।

यसअघि मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए,“रुसले सुरुमा युद्ध रोक्न धेरै कूटनीतिक प्रयास गरे तर नाटो र अमेरिकाले त्यसलाई सफल हुन दिएन । हामी अझै पनि वार्ता चाहन्छौं, तर त्यसका लागि सर्तहरू मान्य छैनन्।”

फेब्रुअरी २४ मा रुस–युक्रेन युद्धले एक वर्ष पूरा गर्दैछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);