रुसी हमलाको छैटौं दिनः १४ बालबालिकासहित ३५२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रुसी हमलाको छैटौं दिनः १४ बालबालिकासहित ३५२ को मृत्यु

एजेन्सी । युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ । 

रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् । 

के भन्छन्  पुटिन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्रै युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले  रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् । यसैबीच, युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आ–आफ्ना देशका राजधानी सहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरु सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);