जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक

एजेन्सी । सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन् । हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउदा तीव्र वर्षा भएको वैज्ञानिकहरुको बुझाइ छ ।

ग्रीष्म याममा भएको भारी वर्षमा सयौं मानिसको मृत्यु हुनुका साथै विस्थापित लाखौंलाई अन्यत्र स्थानानन्तरण गरिएको थियो । तर, उत्सर्जनमा दीर्घकालीन कटौतीले यस्ता घटनाहरू उक्साहट गर्ने सम्भावना छैन् । सन् २०२० को जुन र जुलाईमा गएको भीषण वर्षाले पूर्वी चीनको अधिकांश क्षेत्रमा ठूला बाढीपहिरो गएका थिए ।

ग्रीष्म समयमा भएको कूल वर्षामध्ये एक तिहाई वर्षामा उत्सर्जनमा भएको कटौती जिम्मेवार भएको अनुसन्धानकर्ताहरु बताउँछन् । याङजी नदीमा सन् १९६१ पछिकै ठूलो वर्षा भएको थियो । अघिल्लो ४१ वर्षको अवधिको औसतको तुलनामा जुन र जुलाईमा ७९प्रतिशत वृद्धि भएको छ । 

धेरै वैज्ञानिक अध्ययनले बाढी हुनुका कारण अवलोकन गरिरहेका छन् । केही अध्ययनले हिन्द महासागरको चरम अवस्थाहरूलाई औंल्याएका छन् । कोभिड–१९ महामारीको समयमा भएका बन्दका कारण ग्रीनहाउस ग्यास र एरोसोलको उत्सर्जनमा अचानक कमी आएको र वर्षाको त्याे मुख्य कारण भएको वैज्ञानिकहरुको तर्क छ ।

पछिल्लो चार दशकमा वायुमन्डलमा एरोसोलको संख्यामा भएको बृद्धिले पूर्वी तथा मध्ये चीनमा गर्मी मौसममा हुने वर्षाको ठूलो मात्रा घटेको उनीहरुको अध्ययनमा उल्लेख छ । प्रायः कोइलाको जलनसँग सम्बन्धित यी कणहरू ठूला–ठूला आँधीका घटनालाई न्यून गर्न सक्छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);