फैलियो मनसुनी प्रभाव, सर्तक रहन आग्रह ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फैलियो मनसुनी प्रभाव, सर्तक रहन आग्रह !

ranning day

काठमाडौं, १८ असार । मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।

मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

मुलुकको भौगोलिक बनावटअनुसार अध्यधिक र भारी बर्षाको मात्रा र प्रभाव फरक हुने उहाँको भनाइ छ । ‘कुनै जिल्ला विशेषभन्दा पनि धेरैजसो भू–भागमा भारी वर्षा हुँदैछ, त्यसैले नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउनु उत्तम हुन्छ’–रिमालले भन्नुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);