चीनमा जनसंख्या बढाउन बेइजिङमा ल्याइयो यस्तो नीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चीनमा जनसंख्या बढाउन बेइजिङमा ल्याइयो यस्तो नीति

एजेन्सी । राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल विमा योजनामा एक दर्जन भन्दा बढी प्रजनन सेवाहरु समेटिने भएका छन् । चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पत्तिलाई सहयोग गर्ने पहलस्वरुप थप प्रजनन् सेवाहरु समेटिन लागिएको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको रज्य विमाले समेट्ने जनाइएको छ ।सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरुप धेरै मेडिकल सेवालाई विमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पत्तिलाई फाइदा पुग्ने विश्वस गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल विमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ । 

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।

‘चीनले जन्म दर बढाउन उचित कार्य गर्नेछ,’ प्रधानमन्त्री ली खसियाङले गत वर्ष मार्चमा वार्षिक संसदीय वैठकमा भनेका थिए । एक सन्तान नीतिका कारण चीनको बृद्ध जनसंख्या बढ्दो छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);