आणविक युद्धको खतरा बढ्यो: पुटिन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आणविक युद्धको खतरा बढ्यो: पुटिन

एजेन्सी, २२ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढेको बताएका छन् । रुसको मानवअधिकार परिषदको वार्षिक बैठकलाई सम्बोधन गर्दै पुटिनले युद्धको खतरा बढेको औल्याएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पुटिनले रुसले सुरुमा आणविक हतियार प्रयोग नगर्ने प्रष्ट पारे । तर, आक्रमण भएमा आणविक प्रत्याक्रमले हुने बताए ।

युक्रेन युद्ध निकै लामो हुनसक्ने पुटिनको भनाई थियो । अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेन युद्ध रोक्न शर्तसहित पुटिनसँग भेट्ने अभिव्यक्ति दिएको केही दिनमै पछिल्लो भनाई सार्वजनिक भएको हो ।

युक्रेन युद्धले अमेरिका र रुसबीच टकराव बढ्दै जाँदा आणविक युद्धको खतराबारे चर्चा परिचर्चा हुँदै आएको छ । रुस विश्वको सबैभन्दा आणविक शक्ति सम्पन्न देश हो । त्यसपछि अमेरिकासँग बढी आणविक हतियार रहेको रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);