राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बचाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बचाउ

trump n putin

एजेन्सी, १ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको बचाउ गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्तामा अमेरिकी गुप्तचर एजेन्सीले विरोधाभास आरोप लगाएको भन्दै रुसी हस्तक्षेपको बचाउ गरेका हुन् । ट्रम्पले फिनल्याण्डको हेलसिन्कीमा भएको दुई घण्टा लामो शिखर वार्ताका क्रममा अमेरिकी चुनावमा रुसले साठगाँठ गर्नुपर्ने कुनै कारण नभएको बताए ।

ट्रम्पको यो भनाइ अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष विपरीतको हो । ट्रम्पले आफू रुससँग सुमधुर सम्बन्ध राख्ने पक्षमा सकारात्मक रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले रुसी समकक्षी पुटिनसँगको प्रत्यक्ष वार्तालाई दुई देशको सम्बन्ध सुधारको सकारात्मक सुरुवात भनेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोपपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । रुसी राष्ट्रपति पुटिनले पनि आफ्नो मुलुकले अमेरिकी मामिलामा कहिल्यै हस्तक्षेप नगरेको दोहोर्याए ।

उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ पूर्णतः हास्यास्पद भएको बताए । उनले अमेरिकी–रुसी सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने बताए । पुटिन र ट्रम्प दुवैले हेलसिन्की वार्ता सफल भएको बताएका छन् । तर पुटिनको पक्षमा उभिएको भन्दै अमेरिकामा ट्रम्पको चर्को आलोचना भएको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभका सभामुख पल रायनले रुस अमेरिकाको साझेदार नभएका ख्याल गर्न ट्रम्पलाई चेतावनी दिए । रिपब्लिकन सिनेटर जन म्याकेनले अमेरिकी राष्ट्रपतिहरूको कार्यकालको पछिल्लो इतिहासमा अहिलेको समय सबैभन्दा नराम्रो भएको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);