जापानमा अत्याधिक गर्मीका कारण ८ जनाको मृत्यु, कैयौँ विरामी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जापानमा अत्याधिक गर्मीका कारण ८ जनाको मृत्यु, कैयौँ विरामी

एजेन्सी, १ साउन । जापानमा अत्याधिक गर्मीका कारण ८ जनाको मृत्यु भएको छ । दक्षिणी जापानमा अत्याधिक गर्मी बढेपछि त्यहाँको जनजीवन प्रभावित भएको हो । अध्याधिक गर्मीका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

जापानमा हालै आएको भीषण बाढीले २ सय भन्दा बढीको ज्यान लिए लगत्तै जापानीहरु गर्मीको चपेटामा परेका छन् । गर्मीका कारण दक्षिण जापान बढी प्रभावित बनेको छ । त्यहाँ ८ जनाको गर्मीकै कारण मृत्यू भएको छ । दर्जनौ मानिसहरु प्रभावित भएका छन् ।

गर्मीका कारण विरामी भएका ३५ जना उपचारका लागी अस्पताल भर्ना भएका छन् । गर्मीको कहर जापानमा यसै साता देखा परेको हो । तीन दिन देखी गर्मी बढेको छ । हिरोसीमामा सबै भन्दा बढी ३८ दशमलव ८ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको जापान मेट्रोलोजी एजेन्सीले जनाएको छ ।

भिडियो हेर्नुहोस्:

बाढी पहिरोका कारण हजाराैँ घरमा विद्युत आपुर्तिमा अवरोध उत्पन्न भएपछि गर्मीले झन सताएको छ । एशियाको सुन्दर र सफा सहरमध्ये प्रमुख शहरको रुपमा रहेको टोक्यो शहरमा पनि मौसमको असर देखा परेको छ ।

गर्मीबाट जोगीन मानिसहरु चिसो स्थानमा बस्न थालेका छन् । अध्यधिक गर्मीका कारण चिसो पेयपदार्थको माग बढेको छ । बालबालिका र बृद्धबृद्धाहरुलाई चर्काे घाममा ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् । जापानमा सन २०१३ अगस्टमा ४१ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);