पाकिस्तानमा गर्मीका कारण ६५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाकिस्तानमा गर्मीका कारण ६५ जनाको मृत्यु

pakistan heatwave

एजेन्सी, ८ जेठ । पाकिस्तानमा चर्को गर्मीका कारण पछिल्लो तीन दिनमा ६५ जनाको मृत्यु भएको छ । गर्मीका कारण बृद्धबृद्धा र वालबालिका बढी प्रभावित भएका छन् । मंगलबार कराचीमा सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । चिकित्सकहरुले लु र गर्मीबाट बाच्न चर्को घाममा बाहिर ननिस्कन सुझाव दिएका छन् ।

जेठको महिनामा गर्मी बढ्नु स्वभाभिक हो । तर, तापक्रम ४४ डिग्री सल्सिसयससम्म पुगेपछि पाकिस्तानमा गर्मीको कहर बढेको छ । पछिल्लो तीन दिनमा गर्मी र लुका कारण पाकिस्तानको विभिन्न स्थानमा ६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० बर्षीय बृद्ध र ५ बर्षीय बालक पनि रहेको बताइएको छ ।

पाकिस्तानको मौसम विभागले अझै केहीदिन गर्मी, तातो हावा र लु चल्ने जनाएको छ । चिकित्सकहरु र मौसमविद्हरुले गर्मी बढ्दै गएको बेला विहानबेलुका मात्र बाहिर निस्कन सुझाव दिएका छन् । दिउँसो चर्को घाम र तातो हावा चलेको बेला अत्यावश्यक काम परे घाम छल्ने प्रवन्ध मिलाएरमात्र बाहिर निस्कन आग्रह गरिएको छ ।

गर्मीबाट बच्न दैनिक नुहाउने, चिसो पिय प्रदार्थ, फलफूल, दहि तथा आइसक्रिम खान चिकित्सकहरुले सुझाएका छन । गर्मी बढेसँगै चिसो पिय पदार्थ र पातलो कपडाको विक्रि ह्वातै बढेको छ । धेरैजसो विद्यालय र कलेजमा बिहानी सत्रमा कक्षा सञ्चालन गरिएको छ ।

गर्मी बढ्दै जाँदा विभिन्न किमिमा समस्या निम्तने हुँदा सचेत हुने अधिकारीहरुले आग्रह गरेका छन् । सन २०१५ मा पनि गर्मीका कारण पाकिस्तानमा करिव १२ सय व्यक्तिहरुले ज्यान गुमाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);