अमेरिकाद्वारा इरानमाथि हालसम्मकै कडा प्रतिबन्ध लगाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकाद्वारा इरानमाथि हालसम्मकै कडा प्रतिबन्ध लगाउने घोषणा

donald trump

काठमाडौं, ८ जेठ । अमेरिकाले इरानमाथि हालसम्मकै कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि भन्दै बिभिन्न १२ शर्त सार्वजनिक गरेका छन् । अमेरिकाले इरानसामु सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने, यमनका विद्रोहीलाई समर्थन गर्न छोड्नुपर्ने, परमाणुसम्बन्धी काम सधैंका लागि बन्द गर्नुपर्ने, छिमेकी इजरायलप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने लगायतका शर्त राखेको हो ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले इरानविरुद्ध प्लान बी सार्वजनिक गर्दै इरानी प्रशासनमा कडा वित्तीय दबाव बनाउने बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै महिनाको शुरुआतमा इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए । हालसम्मकै कडा प्रतिवन्ध लगाउने अमेरिकी घोषणाप्रति इरानले कडा शव्दमा आलोचना गरेको छ ।

इरानले आफूमाथि प्रतिबन्ध लगाएमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकी कदमको कडा आलोचना गर्दै इरान र विश्वका लागि निर्णय गर्ने अधिकार अमेरिकालाई नभएको बताए ।

युरोपेली संघले पनि अमेरिकाको आलोचना गरेको छ । संघकी विदेश नीति प्रमुख फेडरिका मोग्रिनीले २०१५ को परमाणु सम्झौताको विकल्प नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);