अमेरिका र इरानबीच किन हुँदै छ टक्कर ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अमेरिका र इरानबीच किन हुँदै छ टक्कर ? (भिडियो सहित)

एजेन्सी, २२ साउन । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । नयाँ प्रतिबन्ध तत्काल कार्यान्वयन हुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रमको भनाइ छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकी कदम मनोवैज्ञानीय युद्ध भएको टिप्पणी गरे ।

इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका गत मेमा अलग भएपछि दुई देशबीच तिक्तता बढेको छ । यसैबीच अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ ।

आर्थिक दाबाबका कारण इरान नयाँ सम्झौता गर्न तयार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्रका साथै बहुमूल्य धातु एवम् सुनको व्यापारमा नयाँ प्रतिबन्ध लगाएको हो ।

यसको साथै दुई मुलुकबीचको वित्तिय कारोबार, सामुद्रिक जहाज निर्माण, पेट्रोलियम पद्धार्थसम्बन्धि लेनदेन लगायतमा पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको पछिल्लो कदमप्रति प्रतिक्रिया जनाउँदै इरानका राष्ट्रपति हसन रुहानीले  अमेरिकी कमद मनोवैज्ञानीय युद्ध भएको टिप्पणी गरेका छन् । रुहानीले अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रतिबन्ध उल्लंघन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि लगाइएका नयाँ प्रतिबन्ध पूर्णरुपमा कार्यान्वयन हुने बताए ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स र जर्मनी मिलेर इरानसँग परामाणु सम्झौता गरेका थिए । अमेरिकाले नयाँ प्रतिबन्ध लगाएसँगै सन् २०१५ को परमाणु सम्झौतामा हस्ताक्षरकर्ता ५ देश रुस, चिन, ब्रिटेन, फ्रान्स र जर्मनीले चिन्ता व्यक्त गरेका छन्।

ति राष्ट्रहरुले इरानसँग गरिएको प्रतिवद्धता निर्वाह गर्ने जनाएको छ । पूर्वअमेरिकी राष्ट्रपति ओबामाले भने इरानले बनाउने परमाणु हतियार रोक्न र विश्वलाई सुरक्षित राख्न मद्दत पुग्ने उद्देश्यले इरानसँग आफुले सम्झौता गरेको प्रतिक्रिया दिए ।

अमेरिका परमाणु सम्झौताबाट अलग भएपछि इरानले गम्भिर आर्थिक समस्या झेल्दै आएको छ । अमेरिकी प्रतिबन्ध पछि इरानसँगको कच्चा तेलको व्यापार, उर्जा, पानी जहाज निर्माण, स्टील, कोइला, सुन र अन्य धातु व्यवसाय प्रभावित हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);