कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति इभानद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति इभानद्वारा पदभार ग्रहण

Ivan-Duque

एजेन्सी, २३ साउन । कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति इभान डुकेले पदभार ग्रहण गरेका छन् । पदभारग्रहण अघि उनले देशलाई एकताबद्ध गर्ने तथा आर्थिक वृद्धिलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तनावपूर्ण चुनावी अभियानकाबीच कन्जरभेटिव राजनीतिका नयाँ अनुहार इवानले गत जुनमा भएको चुनावमा जित हाँसिल गरेका थिए । उनले वामपन्थी नेता गुस्ताभो पेत्रोलाई पराजित गरेका थिए ।

पूर्व वकिलसमेत रहेका इभानले शपथपछिको सम्बोधनमा देशमा व्याप्त रहेको भ्रष्टाचार अन्त्य गर्ने तथा खस्किँदो अवस्थामा रहेको अर्थतन्त्र सुधार गर्नमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

निर्वतमान राष्ट्रपति आन म्यानुएल सान्तोसले इभानलाई सन् २०१६ मा तत्कालीन फार्क बिद्रोहीसँग भएको शान्ती सम्झौताको सम्मान गर्न सुझाव दिएका छन् । इभान कोलम्बियाको इतिहासमा सबैभन्दा कम उमेरका निर्वाचित राष्ट्रपति हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);