एजेन्सी, २३ साउन । चीनले आफुलाई माहाशक्ति राष्ट्रको रुपमा विकास गर्न विभिन्न प्रयास गरिरहेको छ । पछिल्लो पटक चीनले तीब्र गतिको हायपर सोनिक हवाई जहाजको सफल परिक्षण गरेको छ ।
चीन, अमेरिका र रुससँग बराबरीको मुकाविला गर्न सक्ने क्षमता बृद्धिमा लागेको छ । साथै आफुलाई महाशक्ति राष्ट्रको रुपमा स्थापित गर्न विभिन्न परीक्षणहरु पनि गर्दै आएको छ ।
रक्षा क्षेत्रमा शोध र अनुसन्धानका लागि मात्रै १ सय ७५ अर्ब डलर छुट्याएर चीनले थरिथरिका परीक्षण गर्न सफलता प्राप्त गरेको छ । पछिल्लो सफलता उसले हायपर सोनिक ध्वनि भन्दा तेज रफतारमा उड्ने बिमानको सफल परीक्षण गरेपछि पाएको हो ।
यो बिमान अत्याधुनिक प्रविधिबाट युक्त रहेको जनाइएको छ । विमानले परमाणु हतियारको अतिरिक्त अत्याधुनिक मिसाइल विरोधि रक्षा प्रणाली एण्टी मिसाइल डिफेस्स सिस्टम जडान गरेपछि शक्तिशाली रहेको रक्षा विशेषज्ञहरुको भनाई छ ।
चीनको एकेडमी अफ एयरोस्पेस एरोडायनामिक्सका अनुसार यो चीनको पहिलो हायपर सोनिक वेवराइडर हो । यसको प्रथम परीक्षण उडान चीनको अज्ञात परीक्षण केन्द्रबाट गरिएको छ । यो चीनका निम्ति ठुलो सफलता हो ।
हायपर सोनिक विमान रकेटका माध्यमबाट लन्च गरिएको छ । यो विमान चाइना एरोस्पेस साइन्स अफ टेक्नोलोजि कर्पोरेशन र सिएएएसँग गरेर डिजाइन गरिएको हो । चिनले यस अघि धेरै प्रकारका अत्याधुनिक हात हतियारहरु आफ्नो सेनालाई दिएर विश्वको सक्षम सैनिक शक्तिको रुपमा उभ्याएको छ ।
चीनका राष्ट्रपति सि जिन पिङले चीनलाई विश्वका सक्षम, आत्मनिर्भर र शक्तिशाली राष्ट्रको रुपमा स्थापित गर्न गरेको प्रयासको परिणाम स्वरुप चिनले रक्षा क्षेत्रमा फड्को मार्दै अघि बढी रहेको छ ।




