दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनको लगानीः भारतीय रक्षा प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनको लगानीः भारतीय रक्षा प्रमुख

एजेन्सी । भारतका रक्षा प्रमुख जनरल विपिन रावतले दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनले ठूलो लगानी गरेको बताएका छन् । ‘दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाल, श्रीलंका र माल्दिभ्समा पर्याप्त लगानीसहित पछिल्लो समयमा बंगलादेश र म्यानमारले चिनियाँ सेनाको ठूलो सहयोग प्राप्त गरेका छन् । ’ रावतले भने । 

‘हालसालै हामी भूरणनीतिक प्रतिष्प्रर्धाको साँक्षी बनेका छौ । आफ्नो स्वार्थका उपर्युक्त स्थान खडा गर्न चीनले यस क्षेत्रमा ठूलो लगानी गरेको छ,’ उनले भनेको छ । म्यानमार र बंगलादेशमा चीनको हमला भारतको राष्ट्रिय सुरक्षामा नभएको बरु त्यस्ता गतिविधि भारतलाई घेरा हाल्ने प्रयत्न भएको उनले आरोप लगाए । 

अहिले क्षेत्रीय रणनीतिक अस्थिरताको खतरा रहेको र यसले भारतको क्षेत्रीय अखन्डता र रणनीतिक महत्वमा असर गरेको उनले बताए । पाकिस्तानको राज्य प्रायोजित अतिवाद दुई देशबीचको शान्ति प्रकृयामा मुख्य बाधक भएको उनले बताए । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);