एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन बाँकी : डब्ल्यूएचओ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन बाँकी : डब्ल्यूएचओ

corona virous

एजेन्सी, १८ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन्।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका छन्।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको विवरण छ । तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ।

यसैबीच विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ।

विश्व बैंकको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);