चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

एजेन्सी । उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । सिमा नाका बन्द, आवतजावतमा कडाइ र भाइरस नियन्त्रणमा सरकारले चालेका कडा कदमका कारण उत्तरलाई महामारीले असर गरेको छैन ।

उत्तरले खोप अस्वीकार गरेको यो पहिलोपटक भने होइन । खोपको नकारात्मक असर दर्शाउँदै जुलाईमा उसले एस्ट्राजेनेकाको २० लाख खोप लिन अस्वीकार गरेको थियो । चिनियाँ खोप प्रभावकारी नभएकाले उसले ती खोप अस्वीकार गरेको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीले जनाएको थियो । उत्तरले अहिले रसियामा बनेका खोपप्रति चासो देखाएको छ ।

पहिलो डोज सिनोभ्याक लगाएका थाइल्यान्ड, उरुग्वेलगायतका देशले शरीरको प्रतिरोध क्षमता बढाउन अर्को खोप दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);