फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः वेलायत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः वेलायत

एजेन्सी । आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ वेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा वेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको वेलायतले आरोप लगाएको हो ।

वेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्याण्ड्सबाट  ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई वेलायत पठाउन रोक्ने चेतावनी दिएको वेलायतको दाबी छ । 

२२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको वेलायतको दाबी छ । खोप फिर्ता हुँदा वेलायतलाई ठूलो नोक्सान भएको उसको भनाई छ । तर, वेलायतको आरोपलाई एस्ट्रजेनेकाले अस्वीकार गरेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);