भारतीय खोपलाइ वेलायतमा मान्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतीय खोपलाइ वेलायतमा मान्यता

एजेन्सी । वेलायतले भारतमा निर्मित कोभिडशिल्ड खोपलाई मान्यता दिएको छ । विदेशीलाई लक्षित गरि तयार पारिएको यात्रा निर्देशिकामा वेलायतले कोभिडशिल्डलाई मान्यता दिएको जनाएको छ । 

तर, खोप लगाएका भारतीयले वेलायतको भ्रमण गर्दा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमबारे भने केही खुलाइएको छैन् । यसअघि वेलायत यात्रामा जाने हरेक भारतीय १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सो निर्देशिकामा उल्लेख थियो ।

कोभिडशिल्डलाई वेलायतले मान्यता नदिँदा भारतमा त्यसको तीब्र बिरोध भएको थियो । भारतमा ७२ करोड भन्दा बढीले कोभिड खोप लगाएका छन् । तीमध्ये धेरै भारतीयले कोभिशिल्ड लगाएका छन् । वेलायतको नियम विभेदकारी भएको गुनासो गर्दै भारतले पूर्ण खोप लगाएका आफ्ना नागरिकलाइ क्वारेन्टिनमा बस्न बाध्य नपार्न माग गरेको थियो । 

वेलायतले अझै पनि भारतलाई पुर्ण खोप लगाएको देशको सूचीमा भने राखेको छैन् । तसर्थ वेलायत जाने सबै भारतीयले त्यहाँ निर्वाध हिँडडुल गर्न पछिल्लो पटक कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नुपर्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);