अमेरिकाद्वारा भारतीय खोप 'कोभ्याक्सिन' प्रयोगको लागि अनुमति दिन अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अमेरिकाद्वारा भारतीय खोप ‘कोभ्याक्सिन’ प्रयोगको लागि अनुमति दिन अस्वीकार

एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।

अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो । भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई स्वीकार गरिनुपर्ने बताए ।

साथै उनले भारतीय खोप भरपर्दो रहेको समेत दावी गरेका छन् । यद्यपी, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेरिनु नहुने भारतीय स्वास्थ्य विज्ञको भनाई छ ।

कोभ्याक्सिनले नेपालमा अनुमति पाएको छ र यो खोप पनि दुई डोज लगाउनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);