खोपका लागि बेलायत सरकारलाई मन्त्री तामाङको पत्र पठाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खोपका लागि बेलायत सरकारलाई मन्त्री तामाङको पत्र पठाउने तयारी

sherbahadur tamang-gaja kheti

काठमाडौँ । स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड १९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरेको जानकारी दिएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तामाङले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारण दोस्रो मात्राको खोप लगाउन नपाएको भन्दै पत्र बेलायतलाई तत्काल खोप उपलब्ध गराउन पत्र पठाउने तयारी गरेको जानकारी दिए ।

मन्त्री तामाङले भने , ‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारण दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख समेत गरिने बताए । ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आफूले तयारी थालेको बताएको मन्त्री तामाङले बताइएका छन् । सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने मन्त्री तमाङको विश्वास रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);