ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन सर्वोच्चको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरि आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप तत्काल व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।

ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दिएका थिए। उक्त रिटमा सुनवाइ गर्दै मंगलबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको उक्त मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने बताएपनि नेपालमा भने हालसम्म पहिलो डोजको खोप लगाएको १२ हप्ता नाघिसक्दा पनि ज्येष्ठ नागरिकले खोप लगाउन पाएका छैनन् ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ६५ वर्ष भन्दामाथिका १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप पाउन सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);