ललितपुर महानगरमा ७७ वर्षमाथिका उमेर समूहलाई बुधबारबाट खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ललितपुर महानगरमा ७७ वर्षमाथिका उमेर समूहलाई बुधबारबाट खोप दिइने

corona vaccine test

ललिपुर । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोना भाईरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज दिने भएको छ ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले ७७ वर्षमाथि नागरिकलाई कोभिशिल्ड खोपको दोश्रो डोज दिने निर्णय गरेको हो । महानगरले जारी गरेको सूचनाका अनुसार महानगरले प्राप्त गरेको दुई हजार ५ सय खोप तोकिएको उमेर समूहलाई वितरण गर्न लागिएको हो ।

यसअघि महानगरले ७५ वर्षमाथिका उमेर समूहलाई खोप दिनका लागि वडाहरुबाट विवरण संकलन गरिएको भए पनि खोप संख्या कम भएका कारण ७७ वर्षमाथिका नागरिकको संख्या दुई हजार दुई सय २० भएकाले सो समूहलाई खोप दिन लागिएको र बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकलाई दिइने महानगरले जनाएको छ ।

महानगरले सम्बन्धित वडाबाट सिफारिस पाएकाहरुलाई मात्र खोप दिने निर्णय गरेको छ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड सहित आफ्नो उमेर खुल्ने सरकारी कागजातसहित अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);