ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खोप दिँइदै (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खोप दिँइदै (फोटो फिचर)

काठमाडौं । ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

सोमबारबाट सरकारले कोभिडशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई अस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउन सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो ।

कोरोनाविरुद्धको खोप लगाउन पुगेकी समाजसेवी भद्रकुमारी घलेले सरकारले बोलाइ–बोलाइ कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशीर्वाद दिनुपर्ने बताईन् । उनले भनिन्– “हामी नसक्ने बुढाबुढीलाई बोलाइबोलाइ लाउन आइज भनेको छ, यस्तो सरकार आयो भने आशीर्वाद दिनुपर्छ, वास्तै गर्दैन भने के गर्नु ?”

त्यसैगरी कोरोनाविरुद्धको खोप लगाउन पुगेका हरिकृष्ण पन्तले वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था एकदमै राम्रो भएको बताए । उनले ढिलै भएपनि दोस्रो मात्राको खोप लगाउन पाएकोमा खुशी प्रकट गरे ।

उनले भने– “यो व्यवस्था असाध्यै राम्रो छ, ७५ वर्षभन्दा माथिकालाई विशेष गरेर खोप लगाउने व्यवस्था असाध्यै राम्रो छ, ढिलै भएपनि दोस्रो खोप लगाएकोमा सरकारलाई धेरै धेरै धन्यवाद ।”

काठमाडौं जिल्लाका १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);