भारतमा कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाउने अवधि बढाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

भारतमा कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाउने अवधि बढाइयो

एजेन्सी । भारतमा कोभिडविरुद्धको कोभिशिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज खोप लगाउने अवधिको अन्तरलाई लम्ब्याइएको छ । बिहीबार भारत सरकारले खोपको डोज अवधि १२ देखि १६ हप्ता बनाउने निर्णय गरेको छ । यस अघि खोपको पहिलो र दोस्रो डोज बीचको अवधि ६ देखि ८ हप्ता कायम गरिएको थियो ।

भ्याक्सिन उत्पादनमा ढिलाइ भएको र सकेसम्म अधिकतम संख्यालाई पहिलो डोज भएपनि लगाउन पाइयोस् भन्ने उद्देश्यले खोप अन्तरको अवधि बढाइएको जनाइएको छ । अवधि बढाए पनि खोपको प्रभावकारितामा कमी नआउने बताइएको छ ।

बेलायतमा पनि यसरी खोपको अवधि बढाएर लगाउँदा पनि प्रभावकारी भएकाले उक्त प्रयोगबाट प्राप्त अध्ययनको आधारमा खोपको अवधि बढाइएको बताइएको छ । भारतले डिसेम्बरसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ ।

मे १ देखि भारतमा १८–४४ बर्ष उमेर समूहकालाई खोप लगाउन थालिएको छ । उक्त उमेर समूहकालाई तीन महिना भित्र खोप लगाइसक्ने लक्ष्य लिइएको छ । हालसम्म भारतमा १७ करोड भन्दा बढीलाई खोप लगाइसकिएको छ ।

भारत सरकारले गरेको खोपको पहिलो र दोस्रो डोजको अवधि लम्ब्याउने निर्णयलाई अमेरिकी सरुवा रोग विज्ञ डा. एन्दोनी फाउसीले पनि सही निर्णय भएको भन्दै भारतीय सरकारको प्रशंसा समेत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डा. एन्दानीको भनाइलाई उदृत गर्दै दि इन्डीयन एक्स्प्रेसले लेखेको छ–‘भारत सरकारले कम्तीमा पहिलो डोज भए पनि अधिकतम मानिसले पाउने गरी निर्णय गरेको छ, निकै राम्रो काम हो ।’

साथै डा. एन्दोनीले भारतको जस्ता अवस्था बिग्रिन पुगेका अन्य देशले पनि यस्तै गर्न जरुरी रहेको बताएका छन् । यसो गर्दा महामारी थप फैलिन नदिन निकै ठूलो भूमिका खेल्न सक्ने उनको भनाइ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);