पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४३ हजार संक्रमित, संक्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४३ हजार संक्रमित, संक्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार १ सय ४४ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १८ लाख ७५ हजार ५ सय १५ परीक्षणमध्ये ३ लाख ४३ हजार १ सय ४४ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबैभन्दा धेरै ४२ हजार ५ सय ८२ महाराष्ट्रका रहेका छन् भने केरलाका ३९ हजार ९ सय ५५ र आन्ध्र प्रदेशका २२ हजार रहेका छन् । योसँग भारतमा संक्रमितको कुल संख्या २ करोड ४० लाख ४६ हजार ८ सय ९ पुगेको छ ।

भारतमा पछिल्लो २ साता कोरोनाको दोश्रो लहर उच्च विन्दुमा पुगेको बताइएको छ जसले अझै केही दिन निरन्तरता पाउने देखिएको छ । कोरोनाको दोश्रो लहर शान्त हुन अझै केही समय लाग्ने बताइएको छ । गएको बिहीबार दैनिक संक्रमित संख्या ४ लाख १४ हजार नाघेको थियो र सो ओरालो लाग्न थालेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ हजारले ज्यान गुमाएका छन् । योसँगै भारतमा २ लाख ६२ हजार ३ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ३ लाख ४४ हजार ७ सय ७६ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या २ करोड ७९ हजार ५ सय ९९ पुगेको छ ।

हाल भारतमा ३७ लाख ४ हजार ८ सय ९३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १७ करोड ९२ लाख ९८ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);