भारतमा एकै दिन संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा एकै दिन संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

एजेन्सी । भारतमा एकै दिन संक्रमित हुनेको संख्या दुई लाख १७ हजार नाघेको छ ।

कोरोना महामारीको दोश्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३ सय ५३ मा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड ४२ लाख ९१ हजार ९ सय १७ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक हजार १ सय ८५ जनाको मृत्यु भएको छ । २४ घण्टामा मृत्यु हुनेहरुमध्ये तीन सय ४९ सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रका रहेका छन् ।

हालसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७४ हजार ३ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख १८ हजार ३ सय २ संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड २५ लाख ४७ हजार ८ सय ६६ पुगेको छ ।

हालसम्म भारतमा ११ करोड ७२ लाख २३ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);