भारतमा २४ घण्टामा ४ लाख १२ हजारभन्दा बढी संक्रमित, झन्डै ४ हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा २४ घण्टामा ४ लाख १२ हजारभन्दा बढी संक्रमित, झन्डै ४ हजारको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा एकै दिन संक्रमित हुनेको संख्याको रेकर्ड बनाउँदै ४ लाख १२ हजार नाघेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९ लाख २३ हजार एक सय ३१ पीसीआर परीक्षणमा ४ लाख १२ हजार २ सय ६२ मा संक्रमण पुष्टि भएको हो ।

भारतमा एकैदिन संक्रमित संख्या ४ लाख नाघेको यो दोश्रो पटक हो । यसअघि गएको साताको अन्तिमतिर पनि एकैदिन संक्रमित हुनेको संख्या ४ लाख २ हजार नाघेको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढी संक्रमित ५७ हजार ६सय ४० महाराष्ट्रका, ५० हजार १ सय १२ कर्नाटकका, ४१ हजार ९ सय ५३ केरलाका, ३१ हजार एक सय ६५ उत्तर प्रदेशका र २० हजार दिल्लीका रहेका छन्।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या दुई करोड १० लाख ७७ हजार ४ सय १० पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ८२ को संक्रमणका कारण मृत्यु भएको छ । २४ घण्टाभित्र मृत्यु हुनेको यो संख्या पनि हालसम्म कै उच्च हो ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या दुई लाख ३० हजार एक सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख २९ हजार १ सय १३ सहित भारतमा हालसम्म एक करोड ७२ लाख ८० हजार ८ सय ४४ संक्रमणमुक्त भईसकेका छन् ।

हाल भारतमा तीन लाख ५० हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १६ करोड २५ लाख १३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);