नगरपालिकाको गाडी नै एम्बुलेन्स बनाउँदै अमगरढी नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नगरपालिकाको गाडी नै एम्बुलेन्स बनाउँदै अमगरढी नगरपालिका

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले, नगरपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम कोभिडको केन्द्र बनेको छ । कोभिड संक्रमण बढ्दै गएपछि स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् ।

सोही तयारी अनुसार अमरगढी नगरपालिकाले उपप्रमुख चढ्दै आएको जिपलाई नै तत्काललाई एम्बुलेन्स बनाएर नागरिकको सेवामा प्रयोगमा ल्याएको छ । ‘हामीलाई भन्दापनि अहिले जनता बचाउनु पर्छ भनेर नगरपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेका हौँ’, अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता भण्डारीले बताईन् ।

अमरगढी नगरपालिकासँग एउटा पनि एम्बुलेन्स थिएन । एम्बुलेन्स नहुँदा बिरामी ओसार्न निक्कै असजिलो भएको कारण यस्तो निर्णय गरिएको उपप्रमुख भण्डारीले बताईन् । ‘तत्काल एम्बुलेन्स खरिद गर्ने बजेट पनि भएन, प्रक्रिया पनि लामो हुने रहेछ, हाम्रो गाडी छँदै थियो, त्यही गाडीलाई अहिले एम्बुलेन्स बनाएका छौं, पहिला नागरिकलाई बचाऊँ, गाडी त पछि चढौँला नि’, उनले भनिन् ।

नगरपालिकाले एम्बुलेन्सको रुपमा अफिसियल गाडी प्रयोग गर्ने निर्णय मात्र गरेको छैन, नगरपालिकाको टिपरलाई तत्काललाई शववहानको रुपमा प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ । ‘आफैँसँग भएका स्रोत साधनको प्रयोग गरेर रोगसँग लड्ने तयारी गर्दै छौँ’, भण्डारीले भनिन् ।

अन्य जिल्ला र डडेल्धुरा जिल्लाका पनि विभिन्न पालिकाबाट मानिस जम्मा हुने भएकोले अमरगढीमा संक्रमित दिनदिनै बढ्दै छन् । जिल्ला सदरमुकाम भएकोले त्यसै पनि मानिसको चाप छ । बुधबार साँझसम्म नगरपालिकामा १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । थप स्वाव परीक्षणको लागि पठाइएको छ । ‘संक्रमण बढ्दो छ, परीक्षण गरिएका मध्ये ६० देखि ६५ प्रतिशतलाई संक्रमण देखिएको छ’, संक्रमणको अवस्था बारे भण्डारीले भनिन् ।

रोग नियन्त्रण र उपचारको लागि नगरपालिकाले थप तयारी पनि सुरु गरेको छ । नगरपालिकाको अक्सिजन सहितको आफ्नै आइसोलेसन बनाउने हिजो मात्रै निर्णय भएको छ ।

त्यस्तै संक्रमितको उपचारको लागि २० लाख रुपैँयाको कोष स्थापना गरिएको छ । ‘संक्रमण लम्बिँदै गयो र दीर्घरोगीले औषधि किन्न निस्कन नसक्ने अवस्था आयो भने नगरपालिकाले नै औषधि किनेर घरघरमा पु¥याउने योजना बनाएको छ ।

अहिले संक्रमण भएका बिरामीको अवस्था त्यती धेरै गम्भीर नरहेको पनि उनले जानकारी दिइन् । ‘हाम्रो नगरपालिकामा दुई÷तीन जना बाहेक अरु त्यति धेरै सिरियस हुनुहुन्न, लक्षण देखिए पनि अहिले उहाँहरु होम आईसोलेसनमा बस्नु भएको छ, तर कुनै पनि बेला बिरामी बढ्न सक्छन् भनेर हामीले तयारी गरिरहेका छौँ’, उपप्रमुख भण्डारी जानकारी दिइन् ।

जिल्ला सदरमुकामको अस्पतालमा धेरै पहाडी जिल्लाका बिरामी समेत आउने भएकोले बिरामीको चाप हुने उनले बताईन् । त्यसैले अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन । अस्पतालमा भेण्टिलेटरका बेड भरिएका छन् । अक्सिजनको प्लाण्टले काम नगरेको अस्पतालले जानकारी दिए पछि अक्सिजन उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने भएको छ । ‘जिल्ला अस्पतालको मात्र भर परेर हुने अवस्था छैन, त्यसैले नगरपालिका पनि तयारीमा लागेको छ’, उनले भनिन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);