रामग्राम नगरका जनप्रतिनिधिको गाडी पनि संक्रमित बिरामीका लागि प्रयोग गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामग्राम नगरका जनप्रतिनिधिको गाडी पनि संक्रमित बिरामीका लागि प्रयोग गरिने

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम स्थित रामग्राम नगरपालिकाका जनप्रतिनिधिले पनि आफूले चढ्दै आएको गाडीलाई संक्रमित बिरामीका लागि प्रयोग गर्न दिएका छन् ।

रामग्राम नगरपालिकाका मेयर र उपमेयरले आफूले चढ्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडी शुक्रबारबाट कोभिड–१९ संक्रमितका बिरामीहरुलाई अस्पतालसम्म पु¥याउनको लागि प्रयोगमा ल्याइने भएको हो ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको उक्त गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि गाडीले कोभिड–१९ बाट संक्रमित भएका नगर भित्र रहेका बिरामीका लागि प्रयोग गरिन लागेको हो ।

कोभिड–१९ को असहज परिस्थितीमा एम्बुलेन्स नपाएर समयमा अस्पताल पुग्न नसकि मृत्युवरण गर्नुपरेको बाध्यतालाई मध्यनगर गर्दै आफूले चढ्ने गाडी कोभिड संक्रमितको उपचारमा सघाउ पु-याउने उद्देश्यले एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।

नगरप्रमुख गुप्ताले आफूले चढ्ने गाडीमा नगरभित्रका कोभिड–१९ बाट संक्रमितलाई आवश्यकता अनुसार आईसोलेशन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजानका लागि प्रयोग गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);