पाल्पाको माथागढी गाँउपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्स बनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाको माथागढी गाँउपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्स बनाइयो

पाल्पा । जिल्लाको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् ।

कोरोना संक्रमित बिरामीहरु एम्बुलेन्सको समस्याले उपचारका लागि अस्पताल जान समस्या नहोस भन्नका लागि अहिलेको स्वास्थ्यसम्बन्धी विषम परिस्थितिलाई मध्य नजर गर्दै आफूले प्रयोग गर्दै आएको १ झ ३५६ नम्वरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताएका हुन् ।

संक्रमित बिरामीलाई घरबाट गाउँपालिकाले निर्माण गरेको आइसोलेशन बेडमा उचरारका लागि पु¥याउन र गाउँपालिकामा उपचार हुन कसकेर रेफर भएका रिामीलाई अस्पतालसम्म पुर्याउन र ल्याउनका लागि प्रयोग गरेको अध्यक्ष थापाले बताए ।

माथागढी गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अव चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने व्यवस्था मिलाइएको छ । यी गाडीहरु २४ सै घण्टा सेवा प्रवाह गर्न तयार अवस्थामा राखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);