तुलसीपुरमा ९ वटा अटो एम्बुलेन्स संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

तुलसीपुरमा ९ वटा अटो एम्बुलेन्स संचालन

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । तुलसीपुर क्षेत्रमा मात्रै २७ वटा एम्बुलेन्सहरु संचालनमा हुदै आएका छन् । तर, कोरोना महामारी अवस्थामा एम्बुलेन्सको सेवा धेरै विरामीहरुले नपाएको जनगुनासो आएपछी आफुसगै भएका श्रोतसाधनहरुको उपयोग गर्दै पहिलो चरणमा उपमहानगरपालिकालाई ९ वटा अटोलाई सम्पुर्ण सुरक्षा अपनाइ अटो एम्बुलेन्सको रुपमा प्रयोग गर्न हस्तान्तरण गरिएको तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनारले बताउनुभयो ।

अटोलाई लकडाउन भरी एम्बुलेनसका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको उपमहानगरका एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिनुभयो । तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले बताउनुभयो ।

यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा नगर प्रमुख पाण्डेले अफुहरु अहिले कोरोनासंगको युद्धमा लडिरहेको बताउँदै जितेर छाड्ने बताउनुभयो । जिल्लामा अहिले ७२ वटा स्थानियतह, अस्पताल तथा विभिन्न संघसंस्थाहरुका एम्बुलेन्सहरु संचालनमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);