बिरामी बोक्नका लागि वडा सदस्यले प्रयोग गर्न दिए निजी गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिरामी बोक्नका लागि वडा सदस्यले प्रयोग गर्न दिए निजी गाडी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका एक जनप्रतिनिधिले आफ्नो निजी गाडी बिरामी बोक्न निःशुल्क दिएका छन् ।

वडा सदस्य कुमार ढुंगेलले आफ्नो निजी बुलेरो जिप वडाका बिरामीको लागि निःशुल्क प्रयोग गर्ने गरी प्रदान गरेका हुन् ।

कोभिड महामारी बढ्दै गएपछि बिरामी ओसार्न समस्या परेकोले आफूले चढ्दै आएको निजी जिप वडाको स्वास्थ्य संस्थाको जिम्मामा रहने गरी प्रदान गरिएको ढुंगेलले बताए ।

आफ्नो वडाका बिरामीले सो गाडी निःशुल्क प्रयोग गर्न सक्ने उनले बताए । उनले कोभिडको मिल्दोजुल्दो लक्षण देखिएर जचाउन जानुपरेमा वा बिरामीलाई ल्याउन लैजान परेमा सो जिप प्रयोग गर्न सकिने बताए ।

जिल्ला भरिका नागरिकलाई प्रयोग गर्न दिँदा आफ्नो वडाका नागरिकले समस्या परेको बेलामा प्रयोग गर्न नपाउने भएकोले आफ्नो वडा भित्रका नागरिकलाई मात्र प्रयोग गर्ने गरी सो जिप प्रदान गरिएको उनको भनाई छ ।

संक्रमित बिरामी वा स्वास्थ्यपरीक्षणको लागि जाने साधन नपाएकाले ९८५४०४०६७५ नं को मोवाइलमा सम्पर्क गरेर सो सेवा लिन सक्ने ढँगेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);