काठमाडौं महानगर भन्यो सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकहरु ७ दिनभित्र सम्पर्क राख्न आउनु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौं महानगर भन्यो सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकहरु ७ दिनभित्र सम्पर्क राख्न आउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न आग्रह गरेको हो । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै कतिपयले रेष्टुरेन्ट लगाएत व्यक्तिहरुले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरु सार्वजनिक गरेका थिए ।

तर, काठमाडौं महानगरपालिकाले यसलाई व्यवस्थित ढंगले लैजान खोजिको भन्दै त्यसका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने निर्णय गरेको छ । सोही अनुसार शौचालय धनीहरले महानगरमा निवेदन दिनु पर्ने महानगरले जनाएको छ । निवेदन परेपछि महानगरको टिमले शौचालय भएको स्थानको अनुगमन गरी शौचालयको अवस्था सबै हेरेर उपयुक्त लाग्यो भने औपचारीक रुपमा नै एग्रिमेन्ट गर्ने महानगरले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);