नेपालमा खुल्ला दिसा मुक्त क्षेत्र कार्यक्रमले पाउन सकेन सार्थकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपालमा खुल्ला दिसा मुक्त क्षेत्र कार्यक्रमले पाउन सकेन सार्थकता

charpi

काठमाडौं, २ मंसिर । नेपाललाई स्वस्थ र सफा बनाउने अभियान अन्र्तगत सुरु भएको खुल्ला दिसा मुक्त क्षेत्र कार्यक्रमले सार्थकता पाउन सकेको छैन ।

खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएका क्षेत्रमा समेत प्रयाप्त सार्वजनिक शौचालय नहुँदा मानिसहरु खुल्ला रुपमा दिसा पिसाब गर्न बाध्य छन् । भएका सार्वजनिक शौचालयहरु पनि सफाइ अभावमा प्रयोग योग्य छैन्न् ।

सार्वजनिक स्थानहरुमा शौचालय नहुँदा मानिसहरुले विभिन्न कठिनाईहरु भोग्ने गरेका छन् । आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय नहँुदा सबैभन्दा बढी सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्ने गर्दछन् ।

सार्वजनिक शौचालय नपाउँदा यात्रुहरुले जोखिम मोल्दै जंगल झाडीमा खुल्ला स्थानमा दिसा पिसाब गनुपर्ने अवस्था छ । शौचालयको नहुँदा कतिपयले त दिसापिसाब गर्नकै लागि होटलमा पसेर चियानास्ता खानुपर्ने अवस्था आउछँ । त्यस्तै सडक यात्रुहरुलाई ध्यानमा राखि वनाइएका सार्वजनिक शौचालयहरु पनि प्रयोग योग्य छैन्न् ।

सार्वजनिक शौचालयको प्रयोग गरेबाफत प्रयोगकर्ताहरुले शुल्क पनि तिर्ने गर्दछन् । शौचालयमा छोटो समयका लागि ५ र लामो समयका लागि प्रयोग कर्ताले १० रुपैयासम्म तिर्ने गर्दछन् । शुल्क उठाउनका लागि कर्मचारी जसरी तयार भएर बसेका हुन्छन् त्यसैगरी सरसफाईमा भने उनिहरुको ध्यान गएको देखिदैन । डुङडुङी गनाइरहेका सार्वजनिक शौचालयमा  एकछिनपनि टिक्न सकिदैन ।

सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा मानिसहरु शौचालयनै प्रयोग नगरी आफुलाई पायक पर्ने निजी शौचालयको खोजीमा हिड्ने गर्दछन् । सरकारले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रममा करोडौ रकम खर्च गरेपनि सार्वजनिक शौचालयको अवस्था भने लाजमर्दाे रहेको छ । सार्वजनिक शौचालयहरु प्रयोग योग्य नहुँदा अन्र्तराष्ट्रिय रुपमा नै नेपालको बदनाम भएको सर्वसाधारणहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);