१३ जिल्लाका ७७ हजार घरधुरीमा शौचालय छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

१३ जिल्लाका ७७ हजार घरधुरीमा शौचालय छैन

toilet

सीता शर्मा

काठमाडौं, ३ मंसिर । सन् २०१७ मा नेपाललाई खुल्ला दिसा मुक्त देश घोषणा गर्ने योजना थियो । तर यो योजना अझै सफल हुन सकेको छैन । प्रत्येक घरघरमा शौचालयको निमार्णको आधारमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइरहेका छन् । अझै पनि १३ जिल्लाका ७७ हजार १ सय ४ घरधुरीमा शौचालय बन्न बाँकि रहेको तथ्यांङले देखाएको छ ।

नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांङ अनुसार देशभरका ५४ लाख ८४ हजार ५ सय १५ घरधुरी मध्ये ५४ लाख ७ हजार ४ सय ११ घरधुरीमा शौचालय निमार्ण भएका छन् भने अझै ७७ हजार १ सय ४ घरधुरीमा शौचालय बन्न बाँकि छ ।

९८.५९ प्रतिशत शौचालय बनिसकेका छन् । खुल्ला दिसा मुक्तका लागि कार्यक्रम सुरु भएका ७५ जिल्ला मध्ये ५८ जिल्लाहरु खुल्ला दिसा मुक्त जिल्ला घोषणा भइसकेका छन् भने ४ जिल्ला घोषणाका लागि तयार भएका छन् ।

१३ जिल्लामा अझै शौचालय बन्न बाँकि रहेको विभागले जनाएको छ । सन् २०१७ मा नै नेपाललाई खुल्ला दिसा मुक्त घोषणा गर्ने योजना भएपनि २०७२ सालमा आएको भुकम्प लगायतका कारणले घोषणा सम्भव नभएको खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको वातावरणीय सरसफाई शाखा प्रमुख दिपेन्द्र झाले बताए ।

७ प्रदेश मध्ये ४, ६ र ७ प्रदेशका सबै जिल्लाहरु खुल्ला दिसा मुक्त घोषणा भएका छन् । प्रदेश १, २, ३ र ५ का विभिन्न जिल्लामा ७७ हजार १ सय ४ घरधुरीमा शौचालय बन्न बाँकि छ । नेपाल खुल्ला दिसा मुक्त घोषणामा उन्मुख भएपनि अझैपनि जिवीत जन्मेका एक हजार बालबालिका मध्ये ३० बालबालिकाको सरसफाईको अभावमा मुत्यृ हुने गरेको तथ्याङकले देखाएको छ ।

ग्रामिण क्षेत्रमा मात्र होइन सिंहदरबारकै शौचालय पनि सरसफाईको अभावमा प्रयोग गर्न योग्य नभएको सिंहदबारमा कार्यरत कर्मचारीहरुको गुनासो छ ।  नेपालको संविधानको धारा ३० मा सम्पुर्ण नागरीकलाई स्वच्छ वातावरणको हक हुने व्यवस्था गरेको छ । तर अझै पनि नेपाली बालबालिकाहरु सरसफाईको कमिका कारण ज्यान गुमाउनु परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);