सबै घरमा शौचालय नबन्दै पर्सा जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषणा ! | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सबै घरमा शौचालय नबन्दै पर्सा जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषणा !

disamukta

राजेन्द्र सिंह
वीरगन्ज, ७ असोज । बढो तामझामका साथ गत भदौ २८ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु भयो।

जिल्लाका ९७ हजार ९ सय ४८ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आइसकेकाले खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साको दाबी छ ।

तर अधिकांश दलित बस्तीका स्थानीय अझै पनि खुला स्थानमै शौच गर्न बाध्य छन् । कारण बस्तीमा शौचालय नै छैनन् । स्थानीय तहले पनि सार्वजनिक शौचालय बनाइ दिएका छैनन् ।

पर्सा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएकै दिनदेखि जनस्तरबाट आलोचना पनि सुरु भएको छ । बिन्दबाशिनी गाउँपालिका वडा नं.२ का समाजसेवी खुला दिसामुक्त घोषणा हुनु राम्रो भएको तर विना पुर्वाधार केवल नाम अनि कागजमै हुनु गलत भएको बताउनु हुन्छ ।

भदौ २८ को घोषणा सभा कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पनि दलित बस्तीमा शौचालय बन्न नसकेको स्वीकार गर्नु भयो । जुन दलित बस्तीमा शौचालय छैन, त्यहाँको विवरण उपलब्ध गराइए प्रदेश सरकारले सार्वजनिक शौचालय बनाईदिने उहाँले बताउनु भयो ।

खानेपानी सरसफाई स्वच्छता समन्वय समिति पर्सा तथा बारा सम्पर्क कार्यालय डिभिजन ४ का प्रमुख जक्की अहमद अंसारी यो अभियानको पहिलो चरण मात्र भएको बताउनु हुन्छ । अब दोस्रो चरणको सरसफाई सुरु हुन गईरहेकोले बाँकी त्रुटीहरु पनि सच्चिँदै जाने उहाँले बताउनु भयो ।

जिल्ला तथा मुलुक सरसफाईप्रति सजग रहँदै पहिलो चरणको खुडकिलो पार गर्नु राम्रो पक्ष हो तर जनताको अलोचनाहरु पनि नजर अन्दाज गर्न मिल्दैन । पूरै जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्दा दलित वस्तीहरुमा शौचालय निर्माणका लागि कुनै पहल नहुनु भनेको विडम्वना हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);