‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न नेपाल शिक्षक महासंघको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न नेपाल शिक्षक महासंघको माग

doctors

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिनु भयो ।

महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढि सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ ।

शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);