‘एक गाउँ : एक प्राविधिक’ को निर्णय तत्काल खारेज गर्न आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘एक गाउँ : एक प्राविधिक’ को निर्णय तत्काल खारेज गर्न आन्दोलन सुरु

krishi prabidhik andolan

काठमाडौं, ७ असोज । कृषि प्राविधिकहरुले ‘एक गाउँ : एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै राजधानीमा दवाव आन्दोलन सुरु गरेका छन् । मंगलबार राजधानीको माइतिघर मण्डललामा भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँ : एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दवाव आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनमा उत्रिएकाहरुले स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको बिचल्ली हुने गरी सरकारले गरेको उक्त निर्णय खारेज गर्नु पर्ने माग राखेका छन् । २०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिने गरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढि कृषि प्राविधिकहरु नियुक्त गरेको थियो । रोजगारीको ग्यारेन्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेकोले आन्दोलनमा उत्रिनु परेको कृषि प्राविधिकहरुको भनाई छ ।

प्रर्दशनकारीहरुले कृषि र कृषि क्षेत्रको उत्थानमा लागेका आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);