डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव

dadeldhura hospital

विमल जैरु

डडेल्धुरा, ७ असोज । चिकित्सक समायोजन भएर अन्यत्र गएसंगै चिकित्सकको अभाव झेल्दै आएको डडेल्धुरा अस्पतालले दिंदै आएको सल्यक्रिया सेवा केही दिन यतादेखि बन्द गरेको छ । स्क्रव टाईफस र भाईरल ज्वरोका विरामीको चाप बढेपछि विरामीको अनुपातमा चिकित्सकको संख्या कम भएपछि डडेल्धुरा अस्पतालले सल्यक्रियाका साथै भिडियो एक्सरे सेवालाई पनि बन्द गरेको छ ।

अस्पतालमा उपचार गराउन आएका विरामीहरु सहज रुपमा उपचार नपाउँदा निजी तथा धनगढी नेपालगञ्जका अस्पताल पुग्न बाध्य छन् । भाईरल ज्वरोका साथै स्क्रव टाईफस रोगका विरामीको चाप बढेसंगै डडेल्धुरा अस्पतालमा आज भोलि दैनिक ३ सय जनासम्म विरामी उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ । डडेल्धुरा सहित बैतडी, दार्चुला, वझाङ, डोटी जिल्लाका विरामी यस अस्पतालमा उपचारका लागि आउने गरेका छन् । डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव संगै उपचार नपाउँदा विरामी निजि अस्पताल धनगढी, नेपालगञ्ज र भारत जान वाध्य भएका छन् ।

विरामीको अनुपातमा चिकित्सकको संख्या निकै न्यून रहेकाले डडेल्धुरा अस्पतालले दिँदै आएको विभिन्न सेवा वन्द गरेको छ भने भिडियो एक्सरे पनि नियामित छैन । भाईरल ज्वरोका साथै स्क्रवटाईफस रोगका कारण विरामीको चाप वढे पछि केही दिन यता देखि अस्पतालमा उपचार हुँदै आएको हाईड्रोसिल, हरनिया, सहितको सल्यक्रिया गर्न बन्द गरेको डडेल्धुरा अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेण्ट डा.जितेन्द्र कँडेलले बताउनु भयो ।

डडेल्धुरा अस्पतालमा ३ जना मात्रै चिकित्सक रहेका छन् । जस्मा एक जनाले सिएस गर्दा दुई जना चिकित्सकले मात्रै ओपीडि सेवा दिईरहेका छन् । हाल डडेल्धुरा अस्पताल संघीय सरकार मातहत छ । संघीय सरकारले पनि दरबन्दी अनुसार डाक्टर पुर्ति गर्न वा सेवा सुविधा व्यवस्थित गर्न कुनै पनि चासो नदिएको सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लको भनाई छ ।

भाईरल ज्वरो र स्क्रव टाईफस जस्ता रोगको संक्रमण हुने समयमा चिकित्सकको व्यवस्थापन नगर्ने हो भने केही दिनमै डडेल्धुरा अस्पतालबाट दिईने अन्य सेवालाई पनि बन्द हुने अवस्था नआउला भन्न सकिदैन । त्यसैले समयमै तत्काल चिकित्सकको व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);