चिकित्सकको आन्दोलनका कारण डडेल्धुरा अस्पतालमा विरामीको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

चिकित्सकको आन्दोलनका कारण डडेल्धुरा अस्पतालमा विरामीको विचल्ली

dadeldhura hospital

बिमल जैरु
डडेल्धुरा, २६ चैत । समायोजनमा असहमती जनाउँदै चिकित्सकले गरेको आन्दोलनका कारण डडेल्धुरा अस्पतालमा विरामीको विचल्ली भएको छ । गर्भवतीदेखि अन्य विरामीले उपचार नपाउँदा निजी अस्पतालमा उपचार गर्न वाध्य भएका छन् । आफ्ना माग पूरा गर्न स्वास्थ्य माथि खेलवाड नगर्न आम सर्वसाधारणले चिकित्सकलाई आग्रह समेत गरेका छन् ।

सरकारी चिकित्सक संघले चिकित्सकको समायोजनमा असुन्तुष्टी जनाउँदै गत शुक्रबारदेखि लगातार आपतकालिन सेवा बाहेकका सम्पुर्ण स्वास्थ्य सेवा बन्द गर्दै आएका छन् । चिकित्सकको बन्दकावारेमा जानकारीसम्म नपाएका बिरामीहरु अस्पताल पुगी उपचार बिनै फर्कन बाध्य छन् । ईमर्जेन्सी सेवा सुचारु छ भनी महँगो टिकट काट्ने तर सोचे जस्तो उपचार नपाउँदा बिमारी महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन वाध्य भइरहेका छन् ।

मौसम परिवरर्तनका कारण अहिले डडेल्धुरा अस्पतालमा बिमारीको चाप बढ्दो छ । तर बिमारीहरु अस्पताल आएपछी मात्र थाहा पाउछन् कि चिकित्सकहरुको आन्दोलनका कारण सरकारी अस्पताल बन्द छ भनी । त्यस्तै भयो गन्यापधुरा गाउँपालीकाका नरेन्द्र देउवालाई । उनी आफ्नी श्रीमती, छोरी र आफ्नो उपचार गराउन डडेल्धुरा अस्पताल पुगेका थिए । टाढाबाट उपचारका लागि आएका उनलाई अस्पतालमा सेवा ठप्प भएपछि समस्यामा परेका छन् ।

देउवा जस्तै विभिन्न प्रकृतिका स्वास्थ्य समस्या बोकी दैनिक सयाँै जना विरामी उपचार गराउनका लागि अस्पतालमा पुगे पनि उपचार नपाइ नै फर्किन बाध्य छन् । डडेल्धुरा अस्पतालका प्रतिनिधि जितेन्द्र कँडेल आन्दोलनका कारण बिरामीलाई सेवा दिन नसकेको स्वीकार्छन । कर्मचारी समायोजन कार्यान्वयनमा आयो भने त्यसले पछि झन् धेरै असहज हुने कंडेल बताउँछन् ।

डडेल्धुरा अस्पतालमा डडेल््धुरासहित सुदूरपश्चिम प्रदेशका सात पहाडि जिल्ला बैतडी, बझाङ, र्दाचुला, अछाम, डोटी र बाजुराका विरामी समेत उपचार गराउनका लागि जाने गरेका छन । पटक पटक आन्दोलनका माध्यमवाट विरामीलाई दुःख दिने काम भईरहेकाले यो सदाका लागि बन्द गर्नु पर्ने आम सर्वसाधारणको भनाई रहेको छ ।

ताजा समाचार