हुरी पीडितका लागि मुख्यमन्त्री राहतकोषमा ८१ लाख ७४ हजार सहयोग संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

हुरी पीडितका लागि मुख्यमन्त्री राहतकोषमा ८१ लाख ७४ हजार सहयोग संकलन

rahat-bara huri pidit

बटुकनाथ झा-राकेश यादव
धनुषा-बारा, २६ चैत । बारा र पर्सामा गत १७ गते आएको विनाशकारी आँधीबाट पीडित भएकाहरुका लागि मुख्यमन्त्री राहतकोषमा सहयोग जुट्नेक्रम तिब्र भएको छ । संघ सरकारले पीडितको राहतका विशेष निर्णय नगरेका बेला प्रदेश सरकारले भने पीडितहरुलाई राहत दिन मुख्यमन्त्री राहत कोष स्थापना गरेको छ । मूख्यमन्त्री राहत कोषमा देशबिदेशबाट सहयोग आईरहेको छ ।

बारा र पर्सामा बिनाशकारी आँधीले पुरै गाँउलाई उजाड बनाइदिएको एक हप्ताभन्दा बढी भईसकेको छ । एकहप्ता वितिसक्दा पनि पीडितहरु खुल्ला आकासबाट छानोमुनी पुग्न सकेका छैनन् । आफ्नो सर्वश्व गुमाएका पीडितहरु अरुले गरेको सहयोगमा गाँस, बास कपासले गुजारा चलाईरहेका छन् । पीडितहरु यस्तो अवस्थामा हुँदा पनि संघीय सरकारले भने पीडितलाई पीडाबाट बाहिर निकाल्न नियमित काम जारी राखेपनि कुनै विशेष निर्णय लिएको छैन ।

प्रदेश सरकारले आकस्मिक मन्त्रिपरिषद बैठकबाट मृतकका परिवारलाई तीन लाख सहयोग गर्ने निर्णय ग¥यो भने घाइतेको उपचारको जिम्मा पनि सरकारले नै लिने निर्णय गर्‍यो । त्यस बाहेक पीडितहरुको सहयोगका लागि मुख्यमन्त्री राहत कोष बनाउन सहयोगका लागि आह्वान गरेको छ । अहिले त्यहाँ सहयोग पनि राम्रैसँग जुटिरहेकोछ ।

राहत कोषमा सोमबारसम्म करिव ८१ लाख ७४ हजार रुपैयाँ सहयोग जुटेको छ । संघीय सरकारले विशेष निर्णय नगरे पनि संघीय सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा पीडितहरुलाई राहत दिन सरकारले कुनै कसर बाँकी नराखेको बताए ।

पीडितको राहत तथा पुनस्र्थापनालाई प्रदेश सरकारले प्रमूख प्राथमिकतामा राखेको छ भने संघीय सरकारले पनि पीडितको राहतका लागि कुनै कसर बाँकी नराख्ने बताइरहेको छ । तर, पीडितको अवस्थामा भने सुधार आउन सकेको छैन । पीडितहरु अहिले पनि खुल्ला आकासमा सुतिरहेका छन् । पीडितहरुमा सरकारले केही गरिदिन्छ भन्ने आस समेत मर्न लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);