अत्यावश्यकीय क्षेत्रमा बन्दहडताल निषेध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अत्यावश्यकीय क्षेत्रमा बन्दहडताल निषेध

road-cost

काठमाडौं, २२ चैत । सरकारले अत्यावश्यकीय क्षेत्रमा बन्दहडताल गर्न निषेध गर्ने निर्णय गरेको छ । चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यकीय क्षेत्रमा बन्दहडताल गर्न निषेध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिषरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले खाद्यान्नदेखि ढुवानी, सार्वजनिक यातायात, अस्पताल, औषधि ढुवानी, फोहोर ढुवानी, बैंक र बीमा, विद्युत् सेवा, डाक, जल, रेल र हवाई यातायात, सञ्चार क्षेत्र, आन्तरिक सुरक्षा सेवा, पेट्रोल, ग्यास लगायत क्षेत्रमा बन्दहडताल गर्न नपाइने निर्णय सरकारले गरेको जानकारी दिए ।

यद्यपि सामूहिक सौदाबाजी र निजीक्षेत्रमा उत्पन्न समस्याका लागि सरकारले सहजीकरण गर्ने उनले बताए । हरेक ६–६ महीनामा निर्णय संशोधन गर्ने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को १ मा सार्वजनिक हितका लागि आवश्यक एवम् उचित लागेमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हडताल निषेध गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै सरकारले विभिन्न सडकखण्डमा सवारीसाधनको सडक उपभोग दस्तुर बढाएको छ । बस, ट्रक र साना सवारीसाधनलाई ३ तहमा राखी दस्तुर कायम गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

बारा र पर्सामा राहत पुगिसकेको दाबी

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बारा र पर्सामा हुरीपीडितलाई प्रारम्भिक राहत वितरण कार्य सम्पन्न भइसकेको बताए । उनले भने, ‘यसपटक राहत पुगेन भन्ने अवस्था छैन । उद्धार र उपचारपछि अस्थायी बसोबासका लागि आवास बनाउने कार्य भइरहेको छ ।’

मन्त्री बाँस्कोटाले क्षतिको यथार्थ विवरण गृह मन्त्रालयको समन्वयमा संकलन भइरहेको जानकारी दिए । उनले भने, ‘यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो सुन्नु परेन ।’ यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

पुनःस्थापना र पुनर्निर्माणका लागि केही समय लाग्ने जानकारी दिँदै प्रवक्ता बास्कोटाले हुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्थालाई परिचालन गरिरहेको पनि बताए ।

गत चैत १७ गते आइतवार साँझ आएको हावाहुरीमा बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);