दुई करोड लगानीमा च्याउ उत्पादन गर्दै युवा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दुई करोड लगानीमा च्याउ उत्पादन गर्दै युवा

chyau kheti

बाँके, २२ चैत । बाँकेको बैजनाथ–१ का युवाले दुई करोडको लगानीमा सामूहिक च्याउ खेती गर्दै आएका छन् । एक करोडमा आधुनिक प्रविधिबाट च्याउ उत्पादन गर्दै आएका युवाले च्याउ खेतीबाटै मनग्य आम्दानी गर्न थालेपछि थप एक करोड लगानी बढाएका हुन् ।

बाँकेका युवा मिलन बस्नेत, सन्तोष शर्मा, अंकित अग्रवाल, सुरेश बोगटी लगायतको समूह बाँकेको बैजनाथ गाउँपालिका–१, गाभरमा भ्याली एग्रो फर्म स्थापना गरेर गुणस्तरीय अग्र्यानिक च्याउ खेतीतिर लागेको हो । च्याउखेतीबाट वार्षिक ८० लाख रुपैयाँ आम्दानी गर्ने गरेको सञ्चालक मिलन बस्नेतले जानकारी दिए ।

उनले साढे १ वर्षअघि व्यवसाय शुरू गरेको बताए । ‘व्यक्तिगत ६५ लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान रकम ३१ लाख ५७ हजारमा च्याउखेती शुरू गरेका हौं । अहिले १ करोड लगानी बढाएका छौं,’ उनले भने ।

फार्ममा वार्षिक ११२ टनसम्म च्याउ उत्पादन हुन्छ । उत्पादित सबै च्याउ बजारमा सहजै खपत भएको बस्नेतले बताए । ‘बजारमा च्याउको माग बढेको छ । अहिलेको उत्पादनले माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनौं । त्यसैले अब उत्पादन क्षमता अझै बढाउने योजनामा छौं,’ उनले भने ।

आधुनिक एसी प्रविधिबाट च्याउ उत्पादन भइरहेको र स्थानीय तहमा रहेका कच्चा पदार्थको समेत सदुपयोग भएको उनले बताए । फार्ममा २० जना महिलाले रोजगारी पाएका छन् ।

च्याउ उत्पादनका लागि उनीहरूले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउ प्रयोग गर्ने गरेका छन् । ‘धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसमा च्याउको बीउ हालेर युरोपियन एसी प्रविधिले च्याउ उत्पादन गरिन्छ,’ बस्नेतले भने । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

च्याउ उत्पादनका लागि नकुहिएको पराल, नाइट्रोजन युक्त मल, सुपर फोस्फे, कृषि चुन, च्याउको बीउ, एमोनियम सल्फेट, ढुसीनाशक विषादी र बाँके तराई क्षेत्र भएकाले एसीयुक्त वातावरणको आवश्यक पर्ने कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकाल बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);