आज घोडेजात्रा, टुँडिखेलमा अश्वकला प्रदर्शन गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज घोडेजात्रा, टुँडिखेलमा अश्वकला प्रदर्शन गरिदै

ghoda sena

काठमाडौं, २२ चैत । चैत्र कृष्ण औंसीका दिन पर्ने घोडेजात्रा पर्व आज काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरि मनाइँदैछ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा गुरुमापा भन्ने राक्षस बस्ने गरेको र त्यसले सहरका बालबालिकाहरुलाई खाने गरेको जनविश्वास छ । यसरी पीडित स्थानीयवासीहरुले विभिन्न उपायले त्यसलाई संहार गरे पनि त्यसको प्रेतात्मा फेरि जागा भइ बालबालिकाहरुलाई अनिष्ट गर्न सक्ने भन्दै प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिएको हो ।

यस पर्वमा गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । साथै, सहरका कुनैपनि बालबालिकाहरुमाथि कुनै खतरा नहोस् भनी औंसीको राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ । जात्राको अबसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा पर्व मनाउने परम्परा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);