वर्षासँगै हावहुरी २ दिन चल्छः मौसमविद् रिमाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्षासँगै हावहुरी २ दिन चल्छः मौसमविद् रिमाल

barsha

काठमाडौं, २२ चैत । काठमाडौं उपत्यकासहित देशका विभिन्नस्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन सम्म चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको छ । देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसको विवरण भने मौसमपूर्वानुमान महाशाखालाई प्राप्त भइनसकेको उनले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले अबको २ दिन देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले भने ।

सतहमा चल्ने प्रि वायु बंगालको खाडीबाट आउने र त्यस्ता वायुले बोक्ने जलबाष्पले बादल बनाउन भूमिका खेल्ने उनको भनाइ छ । वर्षासँगै हावा र हुरीको सम्भावना पनि मौसम पूर्वानुमान महामशाखाले जनाएको छ । यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ जनाको मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए । विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमाल बताउँछन् । तर, बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा भने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);