करिब ३० लाख बराबरको मोबाइल पसल चोरी | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

करिब ३० लाख बराबरको मोबाइल पसल चोरी

Mobile-phones

कैलाली, २२ चैत । धनगढी चौराहामा रहेको मोबाइल पसलमा बुधबार राति चोरी भएको छ ।

धनगढीको मूल सडकमा रहेको निहारिका मोबाइल ग्यालरीबाट करिब ६५ हजार नगद र ७० वटा मोबाइल चोरी भएको छ । चोरी भएका मोबाइलहरु मध्ये धेरै महँगा सेटहरु रहेकाले करिब ३० लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । ग्यालरीमा रहेको सिसी क्यामरा समेत बिग्रीएको अवस्थामा फेला परेको छ ।