जिल्ला कारागार चितवनमा क्षमता भन्दा तीन गुणा बढी कैदी, ढल निकास नहुँदा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जिल्ला कारागार चितवनमा क्षमता भन्दा तीन गुणा बढी कैदी, ढल निकास नहुँदा समस्या

kalagar jilla chitwan

प्रनिश थापा

चितवन, २२ चैत । जिल्ला कारागार भरतपुर चितवनमा ढल निकास नहुँदा सामान्य वर्षायाममासमेत कारागारमा पानी जम्मा हुने समस्या देखिन थालेको छ । लगातार पानी पर्न थालेपछि पुरुष बन्दीगृहको ‘क’ ब्लकमा पानी जम्मा हुँदा कारागार वर्षायाममा प्रायः पोखरी जस्तै बन्ने गरेको छ ।

जिल्ला कारागार भरतपुर चितवनमा ढल निकास नहुँदा सामान्य वर्षायाममा समेत कारागारमा पानी जम्मा हुने समस्या देखिन थालेको छ । लगातार पानी पर्न थालेपछि पुरुष बन्दीगृहको ‘क’ ब्लकमा पानी जम्मा हुँदा कारागार वर्षायाममा प्रायः पोखरी जस्तै बन्ने गरेको हो । वर्षाको पानी बाहिर निकास गर्ने ठाउँ नहुँदा त्यस्को जोखिम त्यहाँका कैदीबन्दीहरुले मोली रहेका छन् । हरेक वर्षायाममा कारागारमा यस्तो समस्या भाग्नु परेको र यसको समाधानका लागि महानगरपालिकाले नै पहल गर्नु पर्ने जिल्ला कारागार भरतपुरले जनाएको छ ।

जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा तीन गुणा बढी कैदीहरु राखिएका छन् । कैदीहरुको सख्ंया धेरै भएकाले विषेशगरी फोहोरको व्यवस्थापनमा कठिनाई भएको जेलर काफ्लेले जानकारी दिए ।

कारागारले अपराधिक मानसिकता हटाउँदै कैदीलाई सुधार्न आयआर्जन गतिविधिमा समेत संलग्न गराउँदै आएको छ । मुढा बनाउने, साडी कडाइ गर्ने, कपडा सिलाउने, हाते पर्स बनाउने जस्ता काममा कैदीहरुलाई लगाईएका छन् । भरतपुर कारागारमा ७ सयभन्दा बढी कैदी राखिएको छ । यति धेरै कैदी राखि काम लगाइएको ठाउँमा ढल निकासको व्यवस्था नहुँदा जमेको फोहोर पानीबाट रोगको संक्रमण बढ्न सक्ने देखिन्छ । गर्मी बढेसँगै रोग फैलन सक्ने भएकोले बेलैमा त्यसको नियन्त्रणको लागि सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);