भाइरल ज्वरोले ८० जना कैदीबन्दी बिरामी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भाइरल ज्वरोले ८० जना कैदीबन्दी बिरामी

संखुवासभा । संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ । भाइरल ज्वरोको प्रकोपका कारण कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन् । 

केही दिनयता भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारी प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए ।

कारागारमा एक जना नाबालिकासहित १५४ जना कैदीबन्दी रहेका छन् । ‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहे पनि पाँच गुणा कैदीबन्दी भएपछि उनीहरूलाई सुत्न र खान बस्नको समस्या रहेको छ । कैदीबन्दी बिरामी परेपछि कारागारमा थप समस्या थपिएको उनले बताए । 

८० जनाभन्दा बढी कैदीबन्दी बिरामी परेपछि प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललको अनुरोधमा शुक्रबार कारागारमै स्वास्थ्य परीक्षण गरिएको जेलर अधिकारीले बताए । 

जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख सुन्दरश्याम झासहितको टोलीले स्वास्थ्य परीक्षण गरेको उनले जानकारी दिए । कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरो र रुघाखोकीका बिरामी भेटिएको कारागार प्रमुख अधिकारीले बताए । 

खाँदबारी कारागारमा १५४ जना कैदीबन्दीमध्ये ५३ जना थुनुवा रहेका छन् । जिल्ला कारागार खाँदबारी साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूका लागि सुधार गृह भन्दा पनि यातना स्थल भएको कैदीबन्दीहरूको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);